सामलिङ्ग पावर ३८.५८ लाख नाफामा, खर्च नियन्त्रण गर्न सफल
काठमाण्डौ । अघिल्लो आवमा घाटामा रहेको सामलिङ्ग पावर कम्पनी लिमिटेड नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ३८ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ३ करोड ७१ लाख रुपैयाँ घाटामा थियो । कम्पनीले यो अवधिमा विद्युत बिक्रीमार्फत २२ करोड ५८ लाख रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १०.३० प्रतिशतले कम...