Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:35:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

वित्त खर्च घटेसँगै सामलिङ्ग पावरको घाटामा कमी

Laxmi Sunrise Bank Limited
वित्त खर्च घटेसँगै सामलिङ्ग पावरको घाटामा कमी
Shivam Cement

काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडको घाटामा कमी आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म १२ लाख ९८ हजार रुपैयाँबराबरको खुद घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म कम्पनी १ करोड २० लाख घाटामा थियो ।

आम्दानी घटेपनि वित्त खर्चमा उल्लेख्य कमी आउदा कम्पनीको घाटा साघुँरिएको हो । कम्पनीको विद्युत बिक्री आम्दानी भने १०.५७ प्रतिशतले घटेको छ । कम्पनीले तेस्रो त्रैमाससम्म विद्युत बिक्रीमार्फत १५ करोड ३१ लाख रुपैयाँ आर्जन गरेको छ ।

Bizshala
New Office
CG Motors

अघिल्लो आवमा ३ लाख ८२ हजार रुपैयाँबराबरको वित्त आम्दानी गरेको कम्पनीले समीक्षा अवधिमा भने जम्मा ११ हजार रुपैयाँबराबरको वित्त आम्दानी गरेको छ । कम्पनीको वित्त खर्च भने ३३.४८ प्रतिशतले घटेर ६ करोड ७६ लाखमा सीमित बनेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीको वित्त खर्च १० करोड १७ लाख थियो ।

कम्पनीको चुक्तापूँजी ५० करोड रुपैयाँ छ । यस्तै कम्पनीको रिजर्भको आकार ३ करोड ३६ लाख रुपैयाँ रहेको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala

कम्पनीको कुल चालु सम्पत्ति १३ करोड ७३ लाख र कुल चालु दायित्व २३ करोड ५२ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ०.९५ रुपैयाँ ऋणात्मक , प्रतिसेयर नेटवर्थ १०६.७४ रुपैयाँ,मूल्य आम्दानी अनुपात ५२३.४४ गुणा र तरलता अनुपात ०.५८ प्रतिशत कायम भएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.