घाटामा रहेको सामुदायिक लघुवित्तले कमायो रु.३९.८८ लाख नाफा, खराब कर्जामा सुधार
काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्था नाफामा उक्लिएको छ । अघिल्लो आवमा ४ करोड १७ लाख रुपैयाँ घाटा ब्यहोरेको यो संस्थाले गत आवमा भने ३९ लाख ८८ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ । संस्थाको खराब कर्जा घटेर ब्याज आम्दानी बढ्न पुगेपछि नाफामा उक्लिन सफल भएको हो । संस्थाको एनपीएल ७.९० प्रतिशतबाट घटेर ४.८९ प्रतिशत कायम भएको छ । खराब कर्जा घटेपछि संस्थाले गत आवमा १० करोड ९२...