शिवश्री हाइड्रोपावरले भदौ १९ गतेदेखि शतप्रतिशत हकप्रद जारी गर्ने
काठमाण्डौ । शिवश्री हाइड्रोपावरले भदौ १९ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु.१०० अंकित दरका १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत साउन १६ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ, साउन १५...