सुपर मादी हाईड्रोपावरको नाफामा सामान्य सुधार, आम्दानी र खर्च दुवै घट्यो
काठमाण्डौ । सुपर मादी हाईड्रोपावर लिमिटेडको नाफामा सामान्य सुधार आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म १३ करोड ९५ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १५.२७ प्रतिशतले बढी हो । नाफा बढेपनि कम्पनीको कुल आम्दानी भने घटेको छ । अघिल्लो आवमा १ अर्ब २२ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले समीक्षा अवधिमा भने १ अर्ब ४ करोड रुपैयाँ मात्रै आर्जन...