शिक्षक र प्रहरीबीच झडप
काठमाण्डौ । निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि आन्दोलनरत शिक्षक र प्रहरीबीच डप भएको छ । आज नयाँ बानेश्वरमा प्रहरी र शिक्षकहरुबीच झडप भएको हो । शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पनि बल प्रयोग गर्दै पानीको फोहोरो प्रयोग गरेको छ । प्रहरीले बल प्रयोग गरेपछि शिक्षकहरूले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका छन् ।