आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, किन्ने भन्दा बेच्ने धेरै
काठमाण्डौ । बुधबार सेयरबजारमा ६ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ४ वटा ब्रोकरबाट उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा नबिल स्टक डिलर, अनलाइन सेक्युरिटिज, दिपशिखा धितोपत्र कारोबार कम्पनी र त्रिशक्ति सेक्युरिटिज रहेका छन् ।

