काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा १० अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार भएका टप १० ब्रोकर कम्पनीहरुमा पाँच वटाबाट उच्च खरिद माग भएको छ भने पाँच वटाबाट उच्च बिक्री भएको छ ।
आज उच्च खरिद माग भएका ब्रोकरहरुमा नासा सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, सनि सेक्युरिटिज, भिजन सेक्युरिटिज र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री हुने ब्रोकरहरुमा अनलाइन सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स सेक्युरिटिज, श्रीहरी सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज पब्लिक र दिपशिखा धितोपत्र कारोबार कम्पनी रहेका छन् ।
आज सर्वाधिक कारोबार भएको ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट एक अर्ब ५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५०.०३ प्रतिशत सेयर खरिद भएको छ भने ४९.९७ प्रतिशत सेयर बिक्री भएको छ ।