युनियन हाईड्रोपावरको नाम र ठेगाना परिवर्तन
काठमाण्डौ । युनियन हाईड्रोपावर लिमिटेडको नाम परिवर्तन भएको छ । कम्पनीको गत वैशाख ६ गते सम्पन्न विशेष साधारण सभाको निर्णयबमोजिम तथा वैशाख ३० गतेको कम्पनी रजिष्ट्रारको कार्यालयको स्वीकृतीअनुसार कम्पनीको नाम परिवर्तन गरिएको हो ।

