संघीय संसद्का दुवै सदनको बैठक आज, सभामुख चयन प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने
काठमाण्डौ । संघीय संसद्का दुवै सदनको बैठक आज आइतबार बस्दैछ। सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।आजको बैठकको मुख्य कार्यसूची अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ। अर्याल यसअघि...

