विश्वकप फुटबलका कारण बढ्यो अमेरिकामा रोजगारी, बढ्दो खर्चका कारण भने व्यवसायी चिन्तित
काठमाण्डौ । विश्वकप फुटबलका कारण अमेरिकी अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिएको छ । विश्वकप पूर्वसन्ध्यामा अमेरिकामा मे महिनामा १ लाख ७२ हजार नयाँ रोजगारी थपिएको छ ।यो संख्या अर्थशास्त्रीहरुले अपेक्षा गरेभन्दा बढी हो । अर्थशास्त्रीहरुले मे महिनामा अमेरिकामा १ लाख ५ हजार नयाँ रोजगारी सिर्जना हुने आँकलन गरेका थिए ।विश्वकप शुरु हुनअघि पब,बार र रेष्टुरेन्टमा गतिविधि...

