याम्बालिङ्ग हाइड्रोपावरको वैदेशिक रोजगारीतर्फको आइपीओ बाँडफाँड, कतिले पाए सेयर ?
काठमाण्डौ । याम्बालिङ्ग हाइड्रोपावरको आइपीओ बाँडफाँड गरिएको छ । वैदेशिक रोजगारीमा गएकाहरुका लागि निष्कासन गरेको आइपीओ बाँडफाँड गरिएको हो । कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि कुल २ लाख १० हजार कित्ता आइपीओ निष्कासन गरेको थियो ।

