Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:35:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

याम्बालिङ्ग हाइड्रोपावरको आइपीओमा ८.८७ गुणा बढी आवेदन

Laxmi Sunrise Bank Limited
याम्बालिङ्ग हाइड्रोपावरको आइपीओमा ८.८७ गुणा बढी आवेदन
Shivam Cement

काठमाण्डौ । याम्बालिङ्ग हाइड्रोपावरको आइपीओमा ८.८७ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज दोस्रो दिनसम्ममा कम्पनीको आइपीओमा १६ लाख ६५ हजार ६०८ जनाले आवेदन दिएका छन् ।  

कम्पनीको आइपीओमा एक अर्ब ८६ करोड २३ लाख ८ हजार रुपैयाँ बराबरको १ करोड ८६ लाख २३ हजार ९० कित्ताका लागि आवेदन परेको छ, जनु यो मागभन्दा ८.८९ गुणा बढी आवेदन हो ।  

Bizshala
New Office
CG Motors

कम्पनीले १६ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि आइपीओ निष्कासन गरेको हो ।  

कम्पनीले ७ करोड ४३ लाख रुपैयाँबराबरको १७ लाख ४३ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । यो आईपीओमा बैशाख २२ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

Garima Development Bank
Shivam Cement
Bizshala

यसअघि कम्पनीले ७ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई तथा २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई वितरण गरिसकेको छ । साथै, सामूहिक लगानी कोषका लागि १ लाख ५ हजार कित्ता र कर्मचारीका लागि ४२ हजार कित्ता सेयर पनि बाँडफाँड भइसकेको छ ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त रहेको छ । इच्छुक लगानीकर्ताले सि–आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् भने मेरो सेयर प्लेटफर्म प्रयोग गरेर अनलाइन आवेदनको सुविधा पनि उपलब्ध रहेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.