बुधबार, असार १८,२०८२ 10:36:23
  • बुधबार, असार १८,२०८२ 10:36:23
Global IME Bank Limited

यो साता डाउ थेउरीमा ‘हायर लो’ बनाएको बजार आगामी साता कस्तो रहला ?

Hyundai Nepal
यो साता डाउ थेउरीमा ‘हायर लो’ बनाएको बजार आगामी साता कस्तो रहला ?
Nabil Bank Limited

काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भयो । अघिल्लो साता पनि सेयर बजारमा ४ दिन नै  कारोबार भएको थियो । यो साता ४ दिन कारोबारमा बजार ३ दिन घट्यो भने १ दिन मात्रै बढ्यो । अघिल्लो साता २ हजार ७०३.३९ को विन्दुमा बन्द भएको बजार यो साता २ हजार ६७०.७० विन्दुमा बन्द भयो ।  

यस हिसाबले यो साता ३२.६९ अंकले बजार घट्यो । अघिल्लो साता बजार ४०.०१ अंकले बढेको थियो । यो साता दोस्रो बजारमा ४ दिन कारोबारमा बजारमा २१ अर्ब ९ करोडको सेयर कारोबार भयो । अघिल्लो साता पनि चार कारोबारमा २६ अर्ब ६५ करोडको सेयर कारोबार भएको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस हिसाबले यो साता दोस्रो बजारमा नेप्से परिसूचक र दैनिक औषत कारोबार दुबै घट्यो  । यो साता बजार पूँजीकरण ४४ खर्ब ३९ अर्ब रह्यो । अघिल्लो साता यस्तो बजार पूँजीकरण ४४ खर्ब ८९ अर्ब थियो  ।  यस हिसाबले यो साता बजार घट्दा ५० अर्बले लगानीकर्ताहरुको सम्पत्ति घट्यो ।  

प्राविधिक पक्षः  

डाउ थेउरीका आधारमाः

यो साता बाजर साइडवेजमा नै चल्यो । खासगरि, यो साता बजार २ हजार ६३५ र २ हजार ७१० को बिचमा साइड वेज चल्यो । अघिल्लो साता ‘हायर हाई’ बनाएको बजारले यो साता ‘हायर लो’ बनाउन खसेको देखिन्छ । तर बजारले यो साता नयाँ हायर हाई भने बनाउन सकेन । यसकारण यो साताको बजार साइडवेज चल्यो । यो साता कारोबारमा पनि खासै सुधार देखिएन । बजार घट्दा कारोबार पनि घट्यो । यसले बजारमा बिक्रीकर्ता बिस्तारै हराउँदै गरेको देखिन्छ ।  

सुपर ट्रेन्डको आधारमा  

सुपर ट्रेन्डमा यदि बजारको मूल्य रेखा ट्रेन्डलाइन अर्थात रातो रेखा भन्दा तल खसेमा बजारमा बिक्री दबाब रहेको बुझिन्छ । तर यस बिपरित हरियो रेखा अर्थात सुपर ट्रेृन्ड भन्दा माथि चल्छ भने अप ट्रेन्ड भएको मानिन्छ । हाल बजार रातो रेखा भन्दा तल चलेको देखिन्छ । यसकारण बजारमा बिक्री दबाब रहेको  बुझिन्छ । यस रेखा अनुसार यदि बजार आगामी साता २ हजार ७३५ विन्दुभन्दा माथि चलेमा बुलिस हुनेछ ।  

मूभिङ एभरेज च्यानलको आधारमा  

मूभिङ एभरेज च्यानलले बजारमा सपोर्ट एण्ड रेसिस्टेन्टको काम गर्ने गर्छ । यो इन्डिकेटरमा यदि बजार मूभिङ एभरेज च्यानल भन्दा माथि चलेमा ब्ुलिस र तल चलेमा बियरिस भन्ने ब्झिन्छ । हाल बजार यो च्यानल भन्दा तल नै चलेको अर्थात प्रतिरोध सामना गरेको  कारण बजार डाउन ट्रेन्ड नै चलेको मान्न सकिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – २८१७

प्रतिरोध २ – २७७५

प्रतिरोध १–  २७३९

पिभट् प्वइन्टः२६९६

घटेमा सपोर्ट  

सपोर्ट १– २६६१

सपोर्ट २– २६१८

सपोर्ट  ३ –२५८१

निष्कर्षः यो साता सेयर बजार ३२.६९ अंकले घट्यो । अघिल्लो साता बजार ४० अंकले बढेको थियो । यो साता सेयर बजारमा कारोबार र सूचक दुबैमा गिरावट आयो । खासगरि, यो साता चैत्र माहिनाका क्लोजिङका कारण पनि बजारमा बिक्री परेको देखिन्छ ।  

प्राविधिक रुपमा यो साताको बजारलाई डाउ थेउरीबाट नियाल्दा हायर लो बनाउँदै गरेको देखिन्छ । तर बजारले नयाँ हायर हाई भने बनाउन सकेको छैन । मूभिङ एभरेज च्यानल र सुपर ट्रेन्डबाट नियाल्दा यो साता बजारमा बिक्री दबाब परको देखिन्छ । यो साता कारोबार र भोल्युम दुबैमा गिरावट आयो । आरएसआई र मनी फ्लो इन्डेक्सबाट नियाल्दा बजार ओभर सोल्डजोनबाट फर्केको देखिन्छ । यस हिसाबले हेर्दा आगामी साताबाट बजारमा सुधार आउन सक्ने अपेक्षा राख्न सकिन्छ । तर बजारले अप ट्रेन्ड नै लियो भन्नलाई पिभट् प्वइन्ट अर्थात २७०० माथि टिक्नु पर्नेछ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.