बुधबार, असार १८,२०८२ 10:21:01
  • बुधबार, असार १८,२०८२ 10:21:01
Global IME Bank Limited

फाइनान्स कम्पनीहरुको नाफामा देखियो सुधार, सबैभन्दा धेरै कमाउनेमा आइसीएफसी

Hyundai Nepal
फाइनान्स कम्पनीहरुको नाफामा देखियो सुधार, सबैभन्दा धेरै कमाउनेमा आइसीएफसी
Nabil Bank Limited

काठमाण्डौ । फाइनान्स कम्पनीहरुको नाफामा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको १० महिनासम्ममा फाइनान्स कम्पनीहरुले १३ करोड ९९ लाख रुपैयाँ नाफा कमाएका छन् ।  

गत आवको सोही अवधिसम्म भने फाइनान्स कम्पनीहरुले समग्रमा ३१ करोड ३७ लाख रुपैयाँ घाटा ब्यहोरेका थिए । गत आवको वैशाख मसान्तसम्म ८ वटा फाइनान्स कम्पनी घाटामा थिए भने यस अवधिसम्म आइपुग्दा ५ वटा कम्पनी मात्रै घाटामा छन् ।  

साथै, नाफामा भएका कम्पनीको समेत गत आवको तुलनामा नाफा उल्लेख्य बढेको छ । यसकारण पनि फाइनान्सहरुको नाफाम सुधार देखिएको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

सो अवधिसम्म सबैभन्दा बढी नाफा कमाउनेमा आइसीएफसी फाइनान्स रहेको छ । कम्पनीले २१ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा ३४०.३८ प्रतिशत बढी हो ।  

त्यस्तै, मन्जुश्री फाइनान्सले २० करोड ६२ लाख, प्रोग्रेसिभ फाइनान्सले ८ करोड ७५ लाख, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सले ४ करोड ९२ लाख, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले ३ करोड ७९ लाख, सेन्ट्रल फाइनान्सले ३ करोड ६ लाख, मल्टीपर्पस फाइनान्सले २ करोड ४३ लाख, नेपाल फाइनान्सले १ करोड ५८ लाख, गुडवील फाइनान्सले १ करोड ३९ लाख र गोर्खाज फाइनान्सले ६७ लाख रुपैयाँ नाफा कमाएका छन् ।  

त्यस्तै, सबैभन्दा बढी घाटा ब्यहोर्नेमा भने रिलायन्स फाइनान्स रहेको छ । फाइनान्सले सो अवधिसम्म २१ करोड १ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।  

यता जानकी फाइनान्सले ११ करोड २७ लाख, पोखरा फाइनान्सले ८ करोड ४३ लाख, समृद्धि फाइनान्सले ७ करोड ८ लाख रुपैयाँ र बेष्ट फाइनान्सले ६ करोड ९९ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.