बिहीबार, श्रावण १,२०८२ 10:58:49
  • बिहीबार, श्रावण १,२०८२ 10:58:49
Global IME Bank Limited

तारा फुल्लेल भन्छन्, ‘सेयर बजारमैत्री मौद्रिक नीति आयो, अब ठूला तथा संस्थागत लगानीकर्ताको सक्रियता बढ्छ’

Hyundai Nepal
तारा फुल्लेल भन्छन्, ‘सेयर बजारमैत्री मौद्रिक नीति आयो, अब ठूला तथा संस्थागत लगानीकर्ताको सक्रियता बढ्छ’
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले गत साता आर्थिक वर्ष २०८२८३ को मौद्रिक नीति सार्वजनिक गर्यो । नयाँ गभर्नर प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएपछि पहिलोपटक जारी भएको मौद्रिक नीतिको चर्चा यतिबेला आर्थिक वृत्तमा व्यापक हुने गरेको छ । राष्ट्र बैंकले अर्थतन्त्र तथा सेयर बजारलाई चलायमान बनाउने गरी लचिलो मौद्रिक नीति ल्याएको भन्दै यसको तारिफ गर्नेको जमात ठूलो छ ।  

यस्तोमा सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा फुल्लेल पनि राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति सकारात्मक भएको बताउँछन् । प्रस्तुत छ फुल्लेलसँग लिइएको अन्तर्वार्ताः

प्रश्नः पछिल्लो मौद्रिक नीति सम्बन्धमा तपाईंको धारणा के छ ?

उत्तरः नेपाल राष्ट्र बैंकले ल्याएको २०८२/८३ को मौद्रिक नीति अपेक्षाकृत सकारात्मक, स्वागतयोग्य र लगानीकर्तामैत्री छ। यो नीति समग्र अर्थतन्त्रलाई चलायमान बनाउने खालको छ र शेयर बजारप्रति नरम देखिन्छ। आम सरोकारवालाहरूबाट सकारात्मक प्रतिक्रिया आएको छ, जुन सुखद संकेत हो।

प्रश्नः मौद्रिक नीतिलाई तपाईंले सेयर बजारमैत्री भन्नुहुन्छ, त्यसको आधार के हो ?

उत्तरः मुख्यतः नीतिगत दर ५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशतमा ल्याइएकाले बजारमा तरलता वृद्धि हुने संकेत देखिन्छ। यसले बैंक तथा वित्तीय संस्थाहरूलाई सस्तो ब्याजदरमा कर्जा दिन मद्दत गर्छ र लगानीकर्तालाई कम ब्याजमा कर्जा उपलब्ध गराउँछ, जुन प्रत्यक्ष रूपमा सेयर बजारको लागि सकारात्मक हो।

Muktinath Bikas Bank Limited

प्रश्नः सेयर धितो कर्जासम्बन्धी व्यवस्था कत्तिको महत्वपूर्ण छ ?

उत्तरः यो नीति अन्तर्गत व्यक्तिगत शेयर धितो कर्जाको सीमा १५ करोड रुपैयाँबाट बढाएर २५ करोड पुर्‍याइएको छ, जसले ठूला तथा संस्थागत लगानीकर्तालाई बजारमा अझ सक्रिय हुन सहज बनाउनेछ। यसले बजारको तरलता र कारोबार दुवैमा वृद्धि ल्याउने अपेक्षा गर्न सकिन्छ।

प्रश्नः घर कर्जा सम्बन्धी व्यवस्था शेयर बजारमा कसरी प्रभाव पार्छ ?

उत्तरः पहिलोपटक घर किन्नेलाई ३ करोड रुपैयाँसम्म कर्जा दिने र घर मूल्याङ्कनको ८० प्रतिशतसम्म ऋण दिन सकिने व्यवस्था गरिएको छ। यसले समग्र कर्जा प्रवाहलाई सहज बनाउँदै वित्तीय प्रणालीमा गतिशीलता ल्याउँछ, जसको सकारात्मक प्रभाव शेयर बजारमा पनि देखिन सक्छ।

प्रश्नः वर्तमान अवस्थामा उत्पादनमुखी नीतिको आवश्यकता छ कि सेयर बजारमैत्री नीतिको ?

उत्तरः दुवै पक्षलाई सन्तुलन दिने खालको नीति आएको छ। परियोजना कर्जालाई स्वनियमनमा लैजाने, ऋणपत्र जारी गर्ने, र नियमन लचिलो बनाउने जस्ता व्यवस्थाले उत्पादनमुखी अर्थतन्त्रलाई समेत टेवा दिन्छन्। यसरी लगानी, उत्पादन र बजार सबै क्षेत्रलाई समेट्ने प्रयास देखिन्छ।

प्रश्नः मौद्रिक नीतिका अन्य सामाजिक र संरचनागत विशेषताहरू के छन् ?

उत्तरः लघुवित्त संस्थाले वितरण गर्ने लाभांश सीमा पुनरावलोकन गरिने घोषणाले लगानीकर्ता मनोबलमा सकारात्मक प्रभाव पारेको छ। यसले संस्थागत पारदर्शिता र उत्तरदायित्वलाई बढावा दिन्छ।

प्रश्नः विपन्न वर्ग र महिला लक्षित कर्जामा देखिएको सुधारबारे तपाईंको विचार के छ ?

उत्तरस् वैदेशिक रोजगारीमा जाने युवालाई ३ लाख र महिलाका लागि ५ लाख रुपैयाँसम्म धितोविहीन कर्जा प्रवाहको व्यवस्था स्वागतयोग्य छ। यसले वित्तीय पहुँचमा समावेशिता ल्याउनेछ, जसले दीर्घकालमा देशको पूँजी संकलन प्रक्रियामा सकारात्मक योगदान पुर्याउनेछ।

प्रश्नः लघुवित्तसम्बन्धी अन्य व्यवस्थाहरू कत्तिको प्रभावकारी देख्नु भएको छ ?

उत्तर ः लघुवित्तको कर्जा लक्षित वर्गसम्म पुग्ने सुनिश्चितता, ऋण पाउने व्यक्तिको योग्यता निर्धारण, तथा निर्देशित कर्जाको सीमा पुनरावलोकन गरिने व्यवस्था प्रभावकारी देखिन्छ। यस्ता संरचनागत सुधारले सम्पूर्ण वित्तीय प्रणालीमा अनुशासन र समान पहुँच कायम गर्न मद्दत गर्छ।

प्रश्नः ३ करोडसम्मको कर्जामा २ प्रतिशत ब्याजदरको व्यवस्था कत्तिको महत्त्वपूर्ण छ ?

उत्तर ः यो व्यवस्था विशेषगरी स्टार्टअप, युवा उद्यमी तथा साना व्यवसायहरूका लागि उल्लेखनीय फाइदाजनक छ। सस्तो ब्याजदरले व्यवसाय थालनीलाई सजिलो बनाउनेछ र युवालाई स्वरोजगारतर्फ उन्मुख गराउनेछ।

प्रश्नः सेयर बजारमा देखिएका प्रमुख समस्याहरू के–के हुन् ?  

उत्तरः कतिपय सूचीकृत कम्पनीहरूले समयमै वित्तीय विवरण सार्वजनिक नगर्नु, नियामक निकायले लिस्टेड कम्पनीको सूची सीमित मात्र सार्वजनिक गर्नु, र जानकारी अभावमा लगानीकर्ताको निर्णय प्रभावित हुनुजस्ता समस्या हाल पनि विद्यमान छन्।

प्रश्नः यस्ता समस्याको समाधानका लागि तपाईं र संस्थाले कस्तो भूमिका खेलिरहनुभएको छ ?

उत्तर ः सेयर लगानीकर्ता संघ नेपाल स्थापना कालदेखि नै यस्ता समस्या समाधानका लागि सक्रिय छ। हामीले डिम्याट प्रणालीको सुरुवात, अनलाइन कारोबार, ब्रोकर विस्तार, कमिशन दर घटाउने, क्यापिटल गेन ट्याक्स कम गर्ने जस्ता विषयमा महत्वपूर्ण पहल गरेका छौं।

प्रश्नः आगामी दिनका लागि तपाईंका सुझाव के छन् ?

उत्तरः नियामक निकायले पारदर्शी, जिम्मेवार र लगानीकर्ता–मैत्री भूमिका खेल्न आवश्यक छ। बजारमा विद्यमान विकृति, अनियमितता र वेथिति अन्त्य गर्न उनीहरूको सक्रियता अपरिहार्य छ। लगानीकर्ताले पनि सूचित निर्णय गर्न, वित्तीय विवरण अध्ययन गर्न र हल्लाको पछाडि नलाग्नको लागी मेरो सुझाव रहेको छ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X