आईतवार, श्रावण ४,२०८२ 11:18:13
  • आईतवार, श्रावण ४,२०८२ 11:18:13
Global IME Bank Limited

आउँदैछ विश्वकै पहिलो १० हजार एमएएच ब्याट्री भएको स्मार्टफोन

Hyundai Nepal
आउँदैछ विश्वकै पहिलो १० हजार एमएएच ब्याट्री भएको स्मार्टफोन
Shivam Cement

काठमाण्डौ । अहिलेसम्म तपाईले ५ हजार वा ६ हजार एमएएच ब्याट्री भएको फोनका बारेमा सुन्दै वा देख्दै आउनु भएको होला । तर के तपाईले १० हजार एमएएचका बारेमा सुन्नु भएको छ ? टिपस्टर डिजिटल च्याट स्टेशनको एउटा नयाँ लिकका अनुसार १० हजार एमएएचको ठूलो ब्याट्री भएको मिड–रेञ्ज स्मार्टफोन सन् २०२६ को पहिलो ६ महिनाभित्र लञ्चका लागि परीक्षण गरिदैछ ।  

यदि यो खबर सही साबित भयो भने पहिलोपटक कुनैपनि सामान्य स्मार्टफोन यति ठूलो ब्याट्री क्षमताका साथ बजारमा आउनेछ ।  

Muktinath Bikas Bank Limited

कुन कम्पनीले ल्याउँदै छ यो फोन ?

तथापी कुन कम्पनीले यस्तो फोन ल्याउँदै भ भन्नेबारे भने केही पनि खुलाइएको छैन । तर यो फोन रियलमीको हुनसक्ने जनाइएको छ । रियलमीले यसअघि पहिलो १० हजार एमएएच क्षमताको ब्याट्री भएको कन्सेप्ट फोन प्रदर्शनी गरेको थियो ।  

सिलिकन–कार्बन ब्याट्रीले गर्दैछ कमाल

यति ठूलो क्षमताको ब्याट्री आउनुको पछि मुख्य कारण भनेको सिलिकन–कार्बन नेगेटिभ इलेक्ट्रोड ब्याट्रीको बढ्दो प्रयोग हो । माईड्राईभर्सका अनुसार परम्परागत ग्रेफाइट ब्याट्रीको तुलनामा सिलिकन–कार्बन ब्याट्रीले ४२०० एमएएच प्रति ग्रामसम्मको क्षमता दिन सक्छ ।  

ग्रेफाइट ब्याट्रीको क्षमता भने लगभग ३७२ एमएएच प्रति ग्राम हुने गर्छ । यही कारण धेरै पावर दिने भएतापनि यी ब्याट्रीको आकार ठूलो हुदैछ । यसले धेरै क्षमता निर्माताहरुलाई ब्याट्रीको आकार धेरै नबढाइकनै ब्याट्रीको लाइफ बढाउने सुविधा प्रदान गर्छ ।  

रिपोर्टका अनुसार रियलमीको कन्सेप्ट ब्याट्रीमा १० प्रतिशत सिलिकनको अनुपात प्रयोग गरिएको छ ।

तर १० हजार एमएएच ब्याट्री भएको फोन कहिले लञ्च हुन्छ भन्नेबारे केही पनि खुलाइएको छैन । यो फोन पातलो हुने बताइएको छ । यो फोन ८.५ एमएमको हुन सक्ने जनाइएको छ ।    

तथापी बडी सिलिकन–कार्बन ब्याट्री भएको पातलो डिजाइनको स्मार्टफोन चीनमा पहिले देखिनै उपलब्ध छ । उदाहरणका लागि हनर पावर मा ८ एमएम मोटाई छ र यसको ब्याट्री ८ हजार एमएएचको छ ।   

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.