काठमाण्डौ । वायुसेवा कम्पनी हिमालय एअरलाइन्सले जुन ४ देखि राजधानी काठमाण्डौ र चीनको ‘सिलिकन भ्याली’का नामले प्रख्यात शेन्जेनबीच सिधा उडान शुरु गर्ने तयारी गरेको छ । हिमालय एअरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शेन्जेन स्थित शेन्जेन बाओ’आन अन्तर्राष्ट्रिय विमानस्थलबीच साप्ताहिक दुई सिधा उडान सेवा आरम्भ गर्ने तयारी गरेको हो ।
यो नेपालको नागरिक उड्डयन इतिहास तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्कको दृष्टिकोणबाट एक महत्वपूर्ण र ऐतिहासिक उपलब्धि भएको कम्पनीको भनाई छ ।
कम्पनीले काठमाण्डौ–शेन्जेन–काठमाण्डौ सेक्टर जोड्न तथा मागको आधारमा आगामी दिनमा उडानहरू थप्ने योजनासहित हाल हप्तामा दुई उडान सञ्चालन गरिरहेको जनाएको छ । काठमाण्डौबाट शेन्जेनका लागि उडान प्रत्येक मङ्गलबार र बिहीबार प्रस्थान गर्नेछ भने शेन्जेनबाट काठमाण्डौका लागि फर्कने उडान प्रत्येक बुधबार र शुक्रबार सञ्चालन हुनेछ ।
| Sector | Effective Dates | Days | Departure | Arrival |
| KTM-SZX | 4th Jun-30th Jun | Tuesday, Thursday | 21:50 | 04:30+1 |
| SZX-KTM | 5th Jun-1st Jul | Wednesday, Friday | 05:55 | 08:35 |

