Bizshala
  • सोमबार, जेष्ठ १८,२०८३ 07:54:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

पश्चिम सेती ४०० केभी प्रसारण लाइन आयोजना पीपीपी मोडेलमा अघि बढ्दै, ‘वेस्ट सेती ट्रान्समिसन लिमिटेड’ स्थापना

Laxmi Sunrise Bank Limited
पश्चिम सेती ४०० केभी प्रसारण लाइन आयोजना पीपीपी मोडेलमा अघि बढ्दै, ‘वेस्ट सेती ट्रान्समिसन लिमिटेड’ स्थापना
Shivam Cement

काठमाण्डौ । पश्चिम नेपालमा निर्माण हुने ठूला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने उद्देश्यले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा पश्चिम सेती ४०० केभी प्रसारण लाइन आयोजना अघि बढाइएको छ। आयोजनाको कार्यान्वयनका लागि ‘वेस्ट सेती ट्रान्समिसन लिमिटेड’ नामक विशेष प्रयोजन कम्पनी (एसपीभी) स्थापना गरिएको छ।

करिब २० अर्ब रुपैयाँ लागत अनुमान गरिएको उक्त आयोजना ३० प्रतिशत इक्विटी र ७० प्रतिशत ऋण लगानीमा निर्माण गरिनेछ। राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (आरपीजीसीएल) को सञ्चालक समितिबाट लगानी संरचना स्वीकृत भएपछि कम्पनी दर्ता प्रक्रिया सम्पन्न भएको हो।

सोमबार आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ऊर्जा उत्पादनमा निजी क्षेत्रले पुर्‍याउँदै आएको योगदान अब प्रसारण पूर्वाधार विकासमा समेत विस्तार भएको बताउनुभयो। उनले प्रसारण लाइनलाई ऊर्जा क्षेत्रको ‘लाइफ लाइन’ को संज्ञा दिँदै सरकार–निजी क्षेत्र सहकार्यले ऊर्जा क्षेत्रमा नयाँ युगको सुरुआत गर्ने विश्वास व्यक्त गरे।

मन्त्री श्रेष्ठले विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) सम्बन्धी समीक्षा प्रक्रिया जारी रहेको जानकारी दिँदै प्राप्त प्रतिवेदनका आधारमा आवश्यक निर्णय गरिने बताए। उनका अनुसार दिगो र विश्वसनीय ऊर्जा आपूर्तिले मुलुकको अर्थतन्त्रलाई नयाँ गति दिनुका साथै सुदूरपश्चिमको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

Bizshala
New Office
CG Motors

आरपीजीसीएलका प्रमुख कार्यकारी अधिकृत सागर श्रेष्ठले जग्गा प्राप्ति, राइट अफ वे तथा वन क्षेत्रसम्बन्धी स्वीकृति प्राप्त भएपछि निर्माण कार्यलाई तीव्रता दिइने जानकारी दिए। उनले आवश्यक प्रारम्भिक तयारी सुरु भइसकेको पनि बताए।

कम्पनीका साझेदार समृद्धि इनर्जी लिमिटेडका अध्यक्ष शैलेन्द्र गुरागाईंले आयोजनालाई ऊर्जा क्षेत्रको ‘गेम चेन्जर’ परियोजना भन्दै यसको दीर्घकालीन महत्वका कारण निजी क्षेत्र लगानी गर्न उत्साहित रहेको बताए ।

त्यस्तै, नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले रणनीतिक दृष्टिले पनि आयोजना अत्यन्त महत्वपूर्ण रहेको धारणा व्यक्त गरे।

कम्पनीको सेयर संरचनाअनुसार सरकारी पक्षको ५१ प्रतिशत स्वामित्व रहनेछ। यसअन्तर्गत राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको २६ प्रतिशत, चिलिमे जलविद्युत् कम्पनी लिमिटेड को १२.५ प्रतिशत तथा चैनपुर सेती हाइड्रोपावर कम्पनी लिमिटेड को १२.५ प्रतिशत लगानी रहनेछ।

निजी क्षेत्रतर्फ समृद्धि इनर्जी लिमिटेडको २५.१ प्रतिशत, ङादी ग्रुप पावर लिमिटेड को ७ प्रतिशत तथा स्युरी ङादी पावर लिमिटेड को ६.९ प्रतिशत सेयर रहनेछ। बाँकी १० प्रतिशत सेयर सर्वसाधारणका लागि छुट्याइएको छ।

Garima Development Bank
Shivam Cement
Bizshala

आयोजनाअन्तर्गत चैनपुर सबस्टेसनदेखि बनलेक हुँदै दोधोधरा सबस्टेसनसम्म करिब १४५ किलोमिटर लामो ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिनेछ। चैनपुरमा १६० एमभीए र बनलेकमा ३१५ एमभीए क्षमताका सबस्टेसन निर्माण गरिने योजना रहेको छ।आयोजनाका लागि आवश्यक जग्गा प्राप्ति तथा प्रारम्भिक सर्वेक्षण सम्पन्न भइसकेको छ भने निर्माण अवधि पाँच वर्ष निर्धारण गरिएको छ।

यो प्रसारण लाइनमार्फत पश्चिम सेती जलविद्युत् आयोजना, सेती नदी–६ आयोजना तथा अपर सेती आयोजना लगायत सेती नदी प्रणालीका विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिनेछ।

करिब २,५०० मेगावाटसम्म विद्युत् निकासी क्षमता विकास गर्ने लक्ष्य राखिएको यस आयोजनाले राष्ट्रिय विद्युत् प्रणालीको विश्वसनीयता वृद्धि गर्नुका साथै सीमापार विद्युत् व्यापार, ऊर्जा सुरक्षा तथा दीर्घकालीन ऊर्जा विकास रणनीतिलाई समेत सुदृढ बनाउने अपेक्षा गरिएको छ।

नेपालमा सार्वजनिक–निजी साझेदारी मोडेलमा विकास हुन लागेको प्रमुख प्रसारण पूर्वाधारमध्ये एक मानिएको यो आयोजना ४०० केभी तहको प्रसारण लाइन क्षेत्रमा महत्वपूर्ण कोसेढुंगा सावित हुने विश्वास गरिएको छ। ‘वेस्ट सेती ट्रान्समिसन लिमिटेड’ २०८३ जेठ १३ गते औपचारिक रूपमा दर्ता भइसकेको छ भने आवश्यक नियामकीय स्वीकृतिपछि निर्माण प्रक्रिया अघि बढाइने जनाइएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.