काठमाण्डौं । भारतको दिल्लीस्थित मालवीय नगरमा रहेको लेमन ग्रिन रेस्टुरेन्टमा बुधबार बिहान भएको भीषण आगलागीमा कम्तीमा २१ जनाको मृत्यु भएको छ।
घटनामा ठूलो मानवीय क्षति भएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएको छ।
आगलागीपछि हालसम्म ३७ जनाको उद्धार गरिएको छ। तीमध्ये केहीलाई भवनको बेसमेन्टबाट जीवितै निकालिएको बताइएको छ।
धेरै घाइतेको अवस्था गम्भीर रहेकाले मृतक संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।
दमकल विभागले आगो नियन्त्रणका लागि १० वटा दमकल परिचालन गरेको भएपनि उद्धार तथा खोजी कार्य अझै जारी रहेको छ।
प्रारम्भिक जानकारीअनुसार छ तले भवनको भुइँतलामा बिहान करिब ८स्५१ बजे आगो सुरु भएको थियो, जसले केहीबेरमै पूरै भवनमा फैलिएको बताइएको छ। आगलागीको कारणबारे भने अनुसन्धान भइरहेको छ।

