बिहीबार, असार १९,२०८२ 06:47:51
  • बिहीबार, असार १९,२०८२ 06:47:51
Global IME Bank Limited

आयात र निर्यात दुवैमा गिरावट, व्यापार घाटा २.२६%

Hyundai Nepal
आयात र निर्यात दुवैमा गिरावट, व्यापार घाटा २.२६%
Nabil Bank Limited

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा आयात र निर्यात दुवैमा गिरावट आएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको वैशाख महिनासम्म देशको आयात र निर्यात दुवैमा कमी आएको हो ।  

विभागले उपलब्ध गराएको तथ्यांक अनुसार  १० महिनामा १३ खर्ब ३ अर्ब ३५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जुन गत आवको सोही अवधिका्े तुलनामा आयात २.३९ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिमा १३ खर्ब ३५ अर्ब ३२ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।  

यस्तै चालु आवको १० महिनासम्म १ खर्ब २६ अर्ब १७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । जुन अघिल्लो आवको तुलनामा ३.६१ प्रतिशतले कम हो । गत आर्थिक वर्ष सोही अवधिमा १ खर्ब ३० अर्ब ९० करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।

CG Motors
Muktinath Bikas Bank Limited

विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यो अवधिमा व्यापार घाटा २.२६ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको १० महिनामा व्यापार घाटा ११ खर्ब ७७ अर्ब १८ करोड पुगेको छ । गत वर्ष सोही अवधिमा व्यापार घाटा १२ खर्ब ४ अर्ब ४२ करोड रुपैयाँ थियो ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.