बुधबार, असार १८,२०८२ 11:28:18
  • बुधबार, असार १८,२०८२ 11:28:18
Global IME Bank Limited

नेप्सेमा सामान्य अंकको हरियाली, ‘लगानीकर्ता पर्ख र हेरको अवस्थामा’

Hyundai Nepal
नेप्सेमा सामान्य अंकको हरियाली, ‘लगानीकर्ता पर्ख र हेरको अवस्थामा’
Nabil Bank Limited

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.२४ प्रतिशत अर्थात ६.९० अंकले बढेर २ हजार ८३०.१६ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२१ प्रतिशतले बढेर ५०४.८९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२८ वटा स्क्रिप्टको ३ करोड ५ लाख ९९ हजार ८९० कित्ता सेयर १३ अर्ब ५७ करोड ७१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार विरेन्द्र विष्ट भन्छन्,  ‘पछिल्लो समय करिब ४८ प्रतिशतले बढेको बजारमा १२ प्रतिशतको करेक्सन आएको छ । यसलाई स्वस्थ करेक्सन मान्न सकिन्छ । अघिल्लो दिन उच्च अंकले बढेको बजार आज झिनो अंकले बढेको छ । जुन सकारात्मक पक्ष हो ।’

हिजोको तुलनामा कारोबार पनि बढेको र यसले बजार करिब ३ हजार विन्दुसम्म पुग्न सक्ने विष्टले बताए ।  

अर्का बजार जानकार नीमानन्द कंडेलले हिजो ठूलो अंकले बढेको बजार आज पनि बढेरै बन्द हुनु सकारात्मक भएको बताए । ‘आज किन्ने र बेच्ने दुवै पक्ष पर्ख र हेरको अवस्थामा बस्दा बजार सामान्य अंकले बढेको छ ।’

अब बजार आक्रामक रुपमा नबढेतापनि दशैं अघिसम्म बढोत्तरी कायमै रहने दाबी उनले गरे ।      

CG Motors
Muktinath Bikas Bank Limited

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा समूहमा हरियाली र ८ वटा समूहमा रातो पोतियो । आज निर्जीवन बीमा समूह सबैभन्दा धेरै बढ्यो । यो समूह आज ४.७८ प्रतिशतले बढ्यो । यस्तै विकास बैंक समूह १.३२ प्रतिशत,होटल ०.६५,जीवन बीमा २.२८ र लघुवित्त समूह ०.३६ प्रतिशतले बढ्यो ।  

यस्तै आज बैंकिङ समूह ०.६७ प्रतिशत, वित्त समूह १.५७,हाईड्रो ०.५०,लगानी ०.४४,उत्पादन तथा प्रशोधन ०.१४,म्युचुअल फण्ड ०.०३,अन्य ०.१८ र व्यापार समूह ०.४१ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन एनएलजी इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३४ करोड ७२ लाख बढीको सेयर कारोबार भयो । यस्तै गूडविल फाइनान्सको २९ करोड ५४ लाख, सानिमा रिलायन्स लाइफको २८ करोड २६ लाख,अपि पावरको २६ करोड ४४ लाख र हिमालयन रि इन्स्योरेन्स कम्पनीको २५ करोड ३७ लाख बढीको सेयर कारोबार  भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका १२ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज एनएलजी इन्स्योरेन्स, सिन्धु विकास बैंक,मातृभूमि लघुवित्त,ग्रिन डेभलपमेन्ट बैंक,विन नेपाल लघुवित्त,मानुषि लघुवित्त,विन्द्यवासिनी हाईड्रोपावर,इष्टर्न हाईड्रोपावर,सप्तकोशी डेभलपमेन्ट बैंक,कर्पोरेट डेभलपमेन्ट बैंक,आत्मनिर्भर लघुवित्त र उपकार लघुवित्तको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यो दिन हिमालयन पावर पार्टनर सबैभन्दा धेरै गुमाउने कम्पनीका रुपमा रह्यो । यो कम्पनीको सेयरमूल्य ८.८६ प्रतिशतले घट्यो । यस्तै दोल्ती पावरको सेयरमूल्य ८.४७ प्रतिशत र मितेरी डेभलपमेन्ट बैंकको सेयरमूल्य ७.४७ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.