१३ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक अंकले २.६२ अंकले बढेर २७८८.३६ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३२० कम्पनीको १ करोड ९२ लाख ५८ हजार ४४५ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । बीमा समूहका दुई दुबै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.०५ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा समूह...