शुक्रबार, श्रावण ९,२०८२ 10:04:23
  • शुक्रबार, श्रावण ९,२०८२ 10:04:23
Global IME Bank Limited

बोलिङ्गरको मध्य ब्याण्डमा सपोर्ट लिने प्रयास गर्दै नेप्से, अबको सम्भावना कस्तो ?

Hyundai Nepal
बोलिङ्गरको मध्य ब्याण्डमा सपोर्ट लिने प्रयास गर्दै नेप्से, अबको सम्भावना कस्तो ?
Shivam Cement

काठमाण्डौ । साताको अन्तिम कारोबारमा बजार १८ अंकले घटेर बन्द भएको छ भने कारोबार पनि घटेको छ । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा अपर ब्याण्डबाट खसेको बजारले बोलिङ्गर ब्याण्डको मध्य ब्याण्डमा सपोर्ट लिन खोजेको देखिन्छ । तर यो निश्चित भने भईसकेको छैन ।  

तर आज बजारले मध्य ब्याण्डमा नै छोएर फकिर्ने प्रयास गरेको छ । यदि आगामी दिनमा बजार यो विन्दु अर्थात २६ सय भन्दामाथि नै टिकेर कारोबार हुन्छ भने बजारले यहिबाट नै अप ट्रेन्ड लिन पनि सक्छ । फिवोनासीमार्फत नियाल्दा पनि बजारले करिब ३८ प्रतिशतमा सपोर्ट लिन खोजेको देखिन्छ ।

अपर ब्याण्डबाट बिस्तारै खसेको बजारमा क्याण्डल स्टिकहरु पनि बिस्तारै छोटा–छोटा हुँदै गरेका कारण बजार सम्हालिन खोजेको देखिन्छ । यदि आगामी कारोबारमा बजार मध्य ब्याण्डमा नै टिकेको खण्डमा यहिबाट फर्कन सक्छ तर मध्य ब्याण्डबाट पनि तल खसेमा भने बजार तल्लो ब्याण्डसम्म पनि आउन सक्छ ।

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.