आईतवार, जेष्ठ १७,२०८३ 10:21:07
Bizshala
  • आईतवार, जेष्ठ १७,२०८३ 10:21:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

कृषि विकास बैंकका वरिष्ठ कार्यकारीहरुलाई आर्ट अफ लिभिङसम्बन्धी तालिम

Laxmi Sunrise Bank Limited
कृषि विकास बैंकका वरिष्ठ कार्यकारीहरुलाई आर्ट अफ लिभिङसम्बन्धी तालिम
Shivam Cement

काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले आफ्ना वरिष्ठ कार्यकारीहरुलाई उच्च प्रभावकारी नेतृत्व र तनाव व्यवस्थापन सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले उक्त कार्यक्रम रामशाहपथ काठमाण्डौस्थित तालिम हलमा सफलतापूर्वक सम्पन्न गरेको हो ।  

कात्र्तिक १२ र १३ गते दुई दिनसम्म सञ्चालित यस प्रशिक्षण कार्यक्रमले बढ्दो प्रतिस्पर्धी बजारमा बैंकको रणनीतिक दृष्टिकोण बनाउन उच्च व्यवस्थापनमा हुनु पर्ने नैतिक नैतृत्व, लचिलोपन र कल्याण जस्त गुणहरुलाई अभिबृद्धि गर्दै कृषि विकास बैंकको समर्पणलाई अझ प्रभावकारी गराएको छ ।  

Bizshala
New Office
CG Motors

यस विशेष प्रशिक्षणको उद्देश्य बैंकको बरिष्ठ कार्यकारीहरुलाई नैतिक आचरण र नैतिक निष्ठाको उच्चतम स्तरहरु कायम राख्दै उच्च तनावकोे वातावरणमा प्रभावकारी रुपमा कार्य गर्नको लागि आवश्यक सीप सिकाउनु भएको बैंकले जनाएको छ ।  

यो कार्यक्रम आर्ट अफ लिभिङ्ग नेपाल संस्थागत कार्यक्रमका निर्देशक निभा प्रधानको नेतृत्व सम्पन्न भएको थियो । बैंकिङ क्षेत्रको गहन पृष्ठभूमि भएका प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रशिक्षक प्रधानले वित्तीय क्षेत्रका अगुवाहरुले भोगेका अद्वितीय चुनौतीहरुको बारेमा गहिरो ज्ञान दिएका थिए । उनको विशेषज्ञताले प्रभावकारी र सान्दर्भिक दुबै प्रशिक्षण अनुभव सुनिश्चितता गर्दै बैकिङ उद्योगका कार्यकारी भूमिका भित्रको सुक्ष्म मागहरुको सम्बोधन गर्न सफल रहेको बैंकले जनाएको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala

उनको समूहमा प्रशिक्षणको गहन पृष्ठभूमि भएका सिनियर फ्याकल्टी एओएल अच्युत राज गौतम र प्रशासनिक सहयोगको लागि शैलेन्द्र हमाल सम्मिलित थिए ।  

आर्ट अफ लिभिङ्गको संस्थागत कार्यक्रम विश्व स्वास्थ्य संगठनको वेलनेश मोडलसँग मिलेर बिगत ४० बर्षमा १८६ देशहरुमा सम्पन्न गरी सकिएको छ ।  यी कार्यक्रमहरु लचिलो मानसिकता बढाउन, मानसिक स्पष्टतालाई बृद्धि गर्न र समग्र स्वस्थतामा केन्द्रीत हुन्छन् ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.