Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 01:46:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

लक्ष्मी सनराइज बैंकमा बेलायती संस्थाको २५ मिलियन डलर लगानी, MSME र महिला उद्यमलाई कर्जा विस्तार गरिने

Laxmi Sunrise Bank Limited
लक्ष्मी सनराइज बैंकमा बेलायती संस्थाको २५ मिलियन डलर लगानी, MSME र महिला उद्यमलाई कर्जा विस्तार गरिने
Shivam Cement

काठमाण्डौ । बेलायत सरकारको विकास वित्त संस्था ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट (BII) ले लक्ष्मी सनराइज बैंकलाई २ करोड ५० लाख अमेरिकी डलर (करिब रु. ३ अर्ब ३५ करोड) बराबरको कर्जा सुविधा उपलब्ध गराउने भएको छ ।

नेपालका लघु, साना तथा मझौला उद्यम (MSME) र विशेषगरी महिला नेतृत्वका व्यवसायमा वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यसहित BII र लक्ष्मी सनराइज बैंकबीच उक्त सम्झौता सम्पन्न भएको हो ।

Bizshala
New Office
CG Motors

विश्व बैंक र नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार नेपालमा MSME क्षेत्रले कुल गार्हस्थ्य उत्पादन (GDP) मा २२ प्रतिशत योगदान र करिब २० लाखलाई रोजगारी दिए पनि केवल १६ प्रतिशत MSME ले मात्रै औपचारिक वित्तीय पहुँच पाएका छन् ।

सम्झौताअनुसार, उपलब्ध गराइने कुल सुविधामध्ये ३० प्रतिशत रकम महिला नेतृत्वका व्यवसायमा प्रवाह गरिनेछ ।

लक्ष्मी सनराइज बैंकले महिलाको आर्थिक सशक्तीकरणसम्बन्धी अन्तर्राष्ट्रिय पहल ‘2X Challenge’ अन्तर्गत मान्यता समेत प्राप्त गरेको छ । BII यस अभियानको संस्थापक सदस्य हो ।

BII का एसिया प्रमुख श्रीनी नागराजनले नेपाललाई आफ्नो ‘फ्रन्टियर मार्केट’ रणनीतिको महत्वपूर्ण हिस्सा भएको बताएका छन् । उनले वित्तीय पहुँचबाट बाहिर रहेका व्यवसायलाई सघाउन लक्ष्मी सनराइज बैंकसँग सहकार्य गरिएको बताएका छन् ।

Garima Development Bank
Shivam Cement
Bizshala

लक्ष्मी सनराइज बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुमेद भट्टराईले यो सहकार्यलाई समावेशी र दिगो बैंकिङतर्फको महत्वपूर्ण उपलब्धि भएको बताएका छन् ।

बैंकले आफ्नो वातावरणीय तथा सामाजिक व्यवस्थापन प्रणाली (ESMS) थप सुदृढ बनाउने प्रतिबद्धता समेत जनाएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

6 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.