प्राथमिकता कर्जामा राष्ट्र बैंकको ठूलो नीति फेरबदल, बैंकलाई लचकता र नयाँ क्षेत्रलाई प्राथमिकता
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले प्राथमिकताप्राप्त कर्जासम्बन्धी व्यवस्थामा ठूलो परिवर्तन गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई थप लचकता दिएको छ। नयाँ सर्कुलरमार्फत अब सूचना प्रविधि (आईटी), पर्यटन र निर्यातमूलक उद्योगलाई समेत प्राथमिकता प्राप्त क्षेत्रमा स्पष्ट रूपमा समावेश गरिएको छ।यसअघि कृषि, ऊर्जा र साना तथा मझौला उद्यम (एसएमई) मा छुट्टाछुट्टै कर्जा लक्ष्य तोक्ने...

