नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार ४.७२ अर्बमा सीमित
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचकमा गिरावट आएको छ । आज नेप्से परिसूचक ०.५७ प्रतिशत अर्थात १५.६४ अंकले घटेर २ हजार ७२६.३३ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५७ प्रतिशतले घटेर ४७०.९४ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२६ वटा स्क्रिप्टको १ करोड १३ लाख ४५ हजार ९९४ कित्ता...

