अपर तामाकोशी हाईड्रोको अध्यक्षमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्य चयन
काठमाण्डौ । अपर तामाकोशी हाईड्रोपावर लिमिटेडको अध्यक्षमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य नियुक्त भएका छन् । चैत २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शाक्यलाई सञ्चालकको रुपमा स्वागत गरी सोही बैठकबाट सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

