Bizshala
  • बिहीबार, जेष्ठ २१,२०८३ 07:04:51
बोटलर्स नेपालले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव
Capital Market

बोटलर्स नेपालले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव

काठमाण्डौ । बोटलर्स नेपाल लिमिटेडले साधारण सभा डाकेको छ । मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले ४६ औं वार्षिक साधारण सभा डाकेको हो ।  उक्त सभा पुस २६ गते काठमाण्डौको लाजिम्पाटमा रहेको होटल र्याडिसनमा दिउँसो ४ बजेदेखि सुरु हुनेछ । 

रसुवागढी हाईड्रोपावरले डाक्यो साधारण सभा, सेयरधनीलाई छैन लाभांशको प्रस्ताव
Capital Market

रसुवागढी हाईड्रोपावरले डाक्यो साधारण सभा, सेयरधनीलाई छैन लाभांशको प्रस्ताव

काठमाण्डौ । रसुवागढी हाईड्रोपावर कम्पनी लिमिटेडले साधारण सभा डाकेको छ । पुस ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १२ औं वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी पुस २९ गते काठमाण्डौको धुम्बाराहीमा रहेको स्मार्ट महलमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । कम्पनीले गत आवका लागि लाभांशको कुनै प्रस्ताव नगरेकाले सभामा लाभांशको अजेण्डा पेश हुने छैन । 

इन्फिनिटी लघुवित्तद्वारा लाभांश नदिने निर्णय
Capital Market

इन्फिनिटी लघुवित्तद्वारा लाभांश नदिने निर्णय

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि सेयरधनीहरुलाई लाभांश नदिने भएको छ । पुस ३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रदान नगर्ने निर्णय गरेको हो ।  

विजय लघुवित्त पनि थपियो लाभांश नदिनेको भिडमा
Capital Market

विजय लघुवित्त पनि थपियो लाभांश नदिनेको भिडमा

काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्थाको पुस ४ गते बिहान ८ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रदान नगर्ने निर्णय गरेको छ ।  उक्त बैठकले आव २०८०/८१ को वित्तीय विवरणअनुसार कायम रहेको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने र सोही बमोजिम स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ ।  

कृषि विकास बैंकद्वारा लाभांश घोषणा,अग्राधिकार सेयर पूँजीमा समेत वार्षिक ६% नगद दिने
Capital Market

कृषि विकास बैंकद्वारा लाभांश घोषणा,अग्राधिकार सेयर पूँजीमा समेत वार्षिक ६% नगद दिने

काठमाण्डौ । कृषि विकास बैंकले गत आवका लागि लाभांश दिने निर्णय गरेको छ । पुस ४ गते बिहान साढे ९ बजे बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांशको घोषणा गरेको हो ।  

सर्वोत्तम सिमेन्टको लाभांश घोषणा, साधारण सभा र बुक क्लोज कहिले ?
Capital Market

सर्वोत्तम सिमेन्टको लाभांश घोषणा, साधारण सभा र बुक क्लोज कहिले ?

काठमाण्डौ । सर्वोत्तम सिमेन्टले लाभांश घोषणा गरेको छ । पुस ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांशको प्रस्ताव गरेको हो ।  बैठकले हाल कायम चुक्तापूँजीको ७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश(कर समेत)गरी कुल १० प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।  

गणपति लघुवित्तले पनि नदिने भयो लाभांश
Capital Market

गणपति लघुवित्तले पनि नदिने भयो लाभांश

काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई निरश बनाएको छ । संस्थाको पुस ३ गते बसेको सञ्चालक समितिको १२३ औं बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।  

अमेरिकी सेयर बजार डाउ जोन्समा ५० वर्षपछि पहिलोपटक लगातार १० दिन गिरावट
Capital Market

अमेरिकी सेयर बजार डाउ जोन्समा ५० वर्षपछि पहिलोपटक लगातार १० दिन गिरावट

काठमाण्डौ । ब्लूचिप कम्पनीहरुको कारोबार हुने अमेरिकी सेयर बजार मापक इन्डेक्स,‘डाउ जोन्स’ लगातार १० दिन घटेको छ ।  अमेरिकी केन्द्रीय बैंकले बुधबार ब्याजदरमा गरेको कटौती र सन् २०२५ मा दुईपटक मात्रै कटौती हुनेसक्ने जनाएसँगै बुधबार अर्थात १० औं दिन पनि डाउ जोन्समा गिरावट आएको हो । यसअघि भने सन् २०२५ मा ४ पटकसम्म ब्याजदरमा कटौती हुनसक्ने प्रक्षेपण गरिएको थियो ।  

उपकार लघुवित्तको स्वतन्त्र सञ्चालकमा लम्साल नियुक्त
Capital Market

उपकार लघुवित्तको स्वतन्त्र सञ्चालकमा लम्साल नियुक्त

काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा कृष्ण कुमार लम्साल नियुक्त भएका छन् ।

कुमारी बैंकको २२.४३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने
Capital Market

कुमारी बैंकको २२.४३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले २२ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक समूहको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका २२ लाख ४३ हजार ७ कित्ता सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

बुटवल पावरले लाभांश पारित गर्न डाक्यो साधारण सभा, एफपीओको प्रस्ताव पनि अनुमोदन हुने
Capital Market

बुटवल पावरले लाभांश पारित गर्न डाक्यो साधारण सभा, एफपीओको प्रस्ताव पनि अनुमोदन हुने

काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले साधारण सभा आह्वान गरेको छ । पुस ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पुस २८ गते काठमाण्डौको बबरमहलमा रहेको कार्की ब्याङक्वेटमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  उक्त सभामा गत आवका लागि ५ प्रतिशत नगद लाभांश प्रदान गर्ने र धितोपत्रको थप सार्वजनिक निष्कासन(एफपीओ)को प्रस्ताव पारित गरिनेछ । यस्तै विभिन्न संघ...

त्रिशुली जलविद्युतद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?
Capital Market

त्रिशुली जलविद्युतद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाण्डौ । त्रिशुली जलविद्युत कम्पनी लिमिटेडले पुस २५ गते साधारण सभा आयोजना गर्ने भएको छ । उक्त १३ औं साधारण सभा काठमाण्डौको भाटभटेनीमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रदान नगर्ने निर्णय गरेकाले सभामा लाभांशको कुनै पनि अजेण्डा पेश हुने छैन ।  

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा
Capital Market

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । प्राइम कमर्सियल बैंकले संस्थापक समूहतर्फको सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि यो सेयर बिक्रीमा राखेको हो ।  बैंकले सेयरको संख्या भने खुलाएको छैन ।  

यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Capital Market

यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डो । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत २ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज नेपाल एसबिआई बैंक र तारागाँउ रिजेन्सी होटल्स लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।  यी दुवै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस ७ गते बुक क्लोज गर्दैछन्। यसर्थ आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरु यी कम्पनीद्वारा...

राधी विद्युत कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
Capital Market

राधी विद्युत कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा राधी विद्युत कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको ४.७५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।  यससँगै कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३६४.८७ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३८२.२० रुपैयाँ कायम थियो ।  

शीर्ष १० ब्रोकरमा नासासहित ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री
Capital Market

शीर्ष १० ब्रोकरमा नासासहित ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकहरुमा नासासहित ५ वटा ब्रोकरहरुबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।  आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ३० करोड ८० लाखको खरिद भएको छ भने २६ करोडको बिmक्री भएको छ ।  दोस्रो  स्थानमा रहेको क्यापिटल म्याक्सबाट २० करोड ४८ लाखको खरिद भएको छ भने १४ करोड ९९ लाखको बिक्री भएको छ ।  तेस्रो स्थानमा रहेको...

हालसम्म ५१ वटा कम्पनीको लाभांश नदिने निर्णय, सबैभन्दा बढी हाइड्रो
Capital Market

हालसम्म ५१ वटा कम्पनीको लाभांश नदिने निर्णय, सबैभन्दा बढी हाइड्रो

काठमाण्डौ । लाभांश सिजन सुरु भएसँगै नेप्सेमा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्न थालेका छन् । हालसम्म सय भन्दा बढी कम्पनीहरुले लाभांश घोषणा गरिसकेका छन् ।  पुष महिना लागेसँगै कम्पनीहरु धमाधम वार्षिक साधारण सभा आह्वान समेत गरिरहेका छन् । सेयरबजारमा लगानी गर्ने लगानीकर्ताहरुले यो समयलाई लाभांश सिजनको रुपमा लिएका हुन्छन् । सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्षको...

सीडीएससी पुनर्संरचना ६ महिनादेखि अलपत्र, अर्थ मन्त्रालयको चिट्ठी बाटोबाटै गायब
Capital Market

सीडीएससी पुनर्संरचना ६ महिनादेखि अलपत्र, अर्थ मन्त्रालयको चिट्ठी बाटोबाटै गायब

काठमाण्डौ । तत्कालिन अर्थमन्त्री वर्षमान पुनले अघि बढाएको सीडीएस एण्ड क्लियरिङ(सीडीएससी)को पुनर्संरचना प्रक्रिया ६ महिनादेखि अलपत्र परेको छ । हाल सीडीएसीको ३० करोडको पूँजी रहेको छ । जसमा हाल शतप्रतिशत नै स्वामित्व नेप्सेको रहेको छ ।  तर ६ महिनाअघि अर्थमन्त्रालयले सीडीएसीको पुनर्संरचना गर्दै नेप्सेको ५१ प्रतिशत, र अर्थ मन्त्रालयको ४९ प्रतिशत स्वामित्व कायम गर्ने निर्णय...

१० वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, एलआइसी नेपालका लगानीकर्ताले सर्वाधिक गुमाए
Capital Market

१० वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, एलआइसी नेपालका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५.६० अंकले घटेर २६२८.२६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१४ कम्पनीको ८१ लाख ४७ हजार ३२० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २७ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ३ समूहमा मात्रै हरियाली छाएको छ भने बाँकी सबै उपसूचक राताम्य भएका छन् । बीमा समूहका...

सामान्य अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘सेयर बजारमा अफ सिजन’
Capital Market

सामान्य अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘सेयर बजारमा अफ सिजन’

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ०.२१ प्रतिशत अर्थात ५.६० अंकले घटेर २ हजार ६२८.२६ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३३ प्रतिशतले घटेर ४५०.१२ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा स्क्रिप्टको ८१ लाख ४७ हजार ३२० कित्ता सेयर ४ अर्ब २७...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.