‘एनसेल एनएसएल’ सिजन ३ सुरु
काठमाण्डौ । नेपालकै पहिलो फ्रेन्चाइजमा आधारित व्यावसायिक फुटबल खेल ‘एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३’ भव्य उद्घाटन समारोहका साथ शनिबारबाट सुरु भएको छ । पहिलो दिनको ललितपुर सिटी एफसी र काठमाण्डौ रेजर्स एफसीबीचको खेल बराबरीमा टुङ्गिएको छ ।खेल सुरु हुनु भन्दा पहिला गायक दुर्गेश थापाले आफ्नो सांगितीक प्रस्तुती दिएका थिए ।