सिटिजन्स बैंकका ६० कर्मचारीलाई दीर्घ सेवा सम्मान
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनलले बैंकमा अनवरत सेवा गरेका कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान प्रदान गरेको छ । सत्र वर्ष अगाडि २०६४ साल बैशाख ७ गते कुल ४३ जना कर्मचारीबाट विधिवत बैंकिङ सेवा सुरु गरेको यो बैंकले बैंकमा अविरल १० वर्ष र १५ वर्ष सेवा प्रवाह गरेका कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान गरेको हो । प्रत्येक वर्षको चैत १ गतेलाई बैंकले कर्मचारी दिन(इम्प्लोई डे)को...

