गभर्नर नियुक्तिको विषयमा कांग्रेस-एमालेबीच खटपट छैनः गृहमन्त्री
काठमाण्डौ । गृहमन्त्री रमेश लेखकले बाहिर हल्ला चलाइएजस्तो सत्ता गठबन्धनमा कुनै समस्या नभएको जिकिर गरेका छन् । प्रमुख सत्ता साझेदार दलको उच्चस्तरीय संयन्त्रको बैठकपछि प्रतिक्रिया दिंदै गृहमन्त्री लेखले त्यस्तो जिकिर गरेका हुन् ।

