नेपाल इन्स्योरेन्सले ४०% हकप्रद सेयर जारी गर्ने, विशेष साधारण सभा आह्वान
काठमाण्डौ । नेपाल इन्स्योरेन्स लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको वैशाख १८ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ ४ गतेका लागि विशेष साधारण सभा डाकेको हो । उक्त सभा नेपाल पज्ञा प्रतिष्ठानमा बिहान ११ बजे आयोजना हुनेछ । उक्त सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको जारी तथा चुक्तापूँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपैयाँको ४०...