एशियन लाइफको ५.३० लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले ५ लाख ३० हजार ४६ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २७५ रुपैयाँ निर्धारण गरिएको छ । यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक वा जो सुकै व्यक्ति कम्पनी तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् । आवेदन दिन अन्तिम मिति भदौ ११ गते...

