सुनको मूल्य घट्यो, प्रतितोला कति कायम ?
काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य घटेको छ । शुक्रबारको कारोबारमा सुनको मूल्य ५ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला २ लाख ४९ हजार ७ सय रुपैयाँमा भईरहेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ५० हजार २ सय कायम थियो । उक्त दिन सुनको मूल्य ५ हजार ९ सयले बढेको थियो ।

