सुन हालसम्मकै महङ्गो, आज प्रतितोला कतिले बढ्यो ?
काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आज सुनको मूल्य ७ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन पनि सुनको मूल्य ११ सय रुपैयाँले बढेको. थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख १७ हजार ८ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

