सामाजिक सञ्जालहरुमा आउने प्रस्तावको भरमा लगानी नगर्न नेप्सेको आग्रह
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले विभिन्न सामाजिक सञ्जालमा आउने प्रस्तावको आधारमा लगानी नगर्न आम सर्वसाधारणलाई आग्रह गरेको छ । सामाजिक सञ्जालमार्फत विभिन्न बहानामा लगानी गर्न आह्वान गरी सोझा सर्वसाधारणलाई फसाउने क्रम बढेसँगै नेप्सेले यस्तो आग्रह गरेको हो ।

