Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:41:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एशियन हाईड्रोपावरले घटायो घाटाको अन्तर, कस्तो छ समग्र वित्तीय अवस्था ?

Laxmi Sunrise Bank Limited
एशियन हाईड्रोपावरले घटायो घाटाको अन्तर, कस्तो छ समग्र वित्तीय अवस्था ?
Shivam Cement

काठमाण्डौ । एशियन हाईड्रोपावरले घाटाको अन्तर घटाएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म २ करोड ८१ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ५ करोड ८६ लाख रुपैयाँ घाटामा थियो ।  

कम्पनीले विद्युत बिक्रीमार्फत १३ करोड ६४ लाख रुपैयाँबराबरको आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ४.६९ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले विद्युत बिक्रीमार्फत १३ करोड ३ लाख रुपैयाँ आर्जन गरेको थियो । कम्पनीको प्रशासनिक खर्च १ करोड ३६ लाख रुपैयाँबाट घटेर १ करोड १२ लाख रुपैयाँमा सीमित बनेको छ।  

Bizshala
New Office
CG Motors

यस्तै कम्पनीको वित्त खर्चपनि १० करोड ८२ लाख रुपैयाँबाट घटेर ८ करोड ४६ लाख रुपैयाँमा सीमित बनेको छ । कम्पनीको चुक्तापूँजी ३४ करोड रुपैयाँबराबर रहेको छ । कम्पनीको रिजर्भको आकार ४ करोड ४७ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।  

कम्पनीको कुल चालु सम्पत्ति ९ करोड २० लाख र कुल चालु दायित्व १५ करोड ८५ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)८.२८ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ८६.८४ रुपैयाँ, मूल्य आम्दानी अनुपात ७४.७६ गुणा ऋणात्मक र तरलता अनुपात ०.८० प्रतिशत कायम भएको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.