शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद, ४ वटाबाट बिक्री
काठमाण्डौ। आजका शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट बिक्री भएको छ। आज नासा सेक्यूरिटिजबाट ४४ करोड ७२ लाखको खरिद भएको छ भने ६२ करोडको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट ३९ करोड १८ लाखको खरिद भएको छ भने ३० करोड ३४ लाखको बिक्री भएको छ ।

