बुधबार, असार १८,२०८२ 01:18:05
  • बुधबार, असार १८,२०८२ 01:18:05
Global IME Bank Limited

होटेल सारथीले आईपीओ निष्कासन गर्ने, सिटिजन्स क्यापिटलसँग सम्झौता

Hyundai Nepal
होटेल सारथीले आईपीओ निष्कासन गर्ने, सिटिजन्स क्यापिटलसँग सम्झौता
Nabil Bank Limited

काठमाण्डौ । होटेल सारथी प्रालिले आईपीओ निष्कासनको तयारी थालेको छ । कम्पनीले जारी पुँजीको ३० प्रतिशतले हुन आउने १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता साधारण सेयर जारी गर्ने तयारी गरेको हो ।  

यसका लागि कम्पनीले सिटिजन्स क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ । कम्पनी र क्यापिटलबीच आईपीओ जारी गर्ने प्रक्रियाका लागि निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । होटेल सारथी,धुलिखेलमा आयोजित एक विशेष समारोहमा होटेलका कार्यकारी अध्यक्ष प्रल्हाद प्याकुरेल र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

आईपीओ जारीपश्चात कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँ पुग्नेछ । यस सम्झौतासँगै होटेल सारथी आर्थिक वर्ष २०८२÷८३ भित्र नेपालको पूँजी  बजारमा सूचीकृत हुनेछ जनाइएको छ । यसबाट नयाँ लगानीकर्ताले होटेल तथा पर्यटन क्षेत्रको कम्पनीमा लगानीका लागि नयाँ अवसर पाउने विश्वास गरिएको छ ।  

२०७२ सालमा स्थापना भएको होटेल सारथी धुलिखेलमा रहेको स्थापित लक्जरी होटेल हो । २०७६ चैत्रदेखि अपरेसनमा आएको होटलमा प्रेसिडेन्सीयल सुइट,सुइट, प्रिमियम तथा डिलक्स गरि ८० वटा कोठा सञ्चालनमा रहेका छन्  ि२० जनादेखि ४०० जनासम्मको क्षमता भएको ठुला(साना गरि ४ वटा सभा हल रहेको होटलको सातौँ तल्लामा ‘रुफटप इन्फिनिटी स्वीमिङ पुल विथ पुल बार’ रहेको छ । यहाँबाट लाङटाङ हिमश्रृंखला र गौरीशंकर हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।  

आन्तरिक र बाह्य पर्यटकको पहिलो रोजाइमा पर्न सफल यस होटल संचालनको छोटो समयमा नै होलिडेज, कर्पोरेट, माइसका साथै डेस्टिनेसन वेडिङका लागि समेत आफ्नो बिशेष पहिचान बनाउन सफल भएको छ । स्थानीयरूपमा उपलब्ध खाद्य सामग्रीलाई प्राथमिकता दिँदै ग्राहकको रोजाइ अनुसारको मेनु पस्कँदै आएको यस होटलले स्थानीयस्तरमा रोजगारी, सीप विकास र पेशागत क्षमता वृद्धिमा समेत महत्वपूर्ण योगदान गरेको छ ।सारथी समूहअन्तर्गत होटेल, मार्ट, बहुउद्देश्यीय सहकारी,वेलफेयर फाउण्डेशन, स्कूल, तालिम केन्द्र, सारथी भेन्चर्स तथा होलिडेज सञ्चालनमा रहेका छन् ।

१९ रोपनी क्षेत्रफलमा फैलिएको यस होटलमा आफ्नै अर्गानिक फार्म सञ्चालनमा रहेको छ भने रोप साइक्लिङ्ग,स्पोर्टस सेन्टर, पिकनिक स्थल र हेलिप्याड निर्माणाधीन अवस्थामा छ । भविष्यमा आफ्नो ब्राण्डलाई अन्य प्रमुख पर्यटकीय गन्तब्यहरुमा समेत विस्तार गर्ने लक्ष राखेको यस समूहले चितवनको सौराहामा आफ्नो दोश्रो प्रोपर्टी सञ्चालनमा ल्याइसकेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.