हिमालयन डिष्टिलरीको नाफा १४७% ले बढ्यो, ईपीएस कति ?
काठमाण्डौ । बिक्री आम्दानी बढ्दा हिमालयन डिष्टिलरीको नाफामा राम्रो सुधार आएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म आफ्नो नाफा १४७.४२ प्रतिशतले बढाएको छ । यो अवधिमा कम्पनीले ४० करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने कम्पनीले १६ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको खुद बिक्री आम्दानी पनि ५७.९६ प्रतिशतले...

