ग्राउण्ड जिरोका लगानीकर्ताबीच हाईड्रोको चर्चा, भन्छन्, ‘बढ्ने खालका सेयर हामीसँग छैन, भएका कम्पनी कहिल्यै बढ्न जानेनन्’
काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’लाई निरन्तरता दिएका छौं । आज हामीले राजधानीको अनामनगर, न्यूप्लाजा र नागपोखरी आसपासका ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ताहरुको बिचार सुन्ने र बुझ्ने प्रयास गरेका छौं । साताको पहिलो कारोबार दिन ब्रोकर हाउसहरुमा लगानीकर्ताहरुको उपस्थिति सामान्य नै थियो । कुनै ब्रोकरमा अलिक बाक्लै उपस्थिति...

