कम्पनीहरुको वित्तीय प्रतिवेदन आएसँगै आज घट्यो नेप्से, जानकार भन्छन्, ‘नाफा बुक मुख्य कारण’
काठमाण्डौ । साताको चोथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ०.७६ प्रतिशत अर्थात २०.४१ अंकले घटेर २ हजार ६४५.३९ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७१ प्रतिशतले घटेर ४७७.२६ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२४ वटा स्क्रिप्टको १ करोड ५७ लाख ४२ हजार ५१४ कित्ता सेयर ६...

