७ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा एनएलजी
काठमाण्डौ। साताको पहिलो कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ९.१९ अंकले घटेर २६१७.९५ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२० कम्पनीको १ करोड ११ लाख ३४ हजार १७८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७३ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ५ वटा समूहमा हरियाली छाएको छ भने बाँकी सबै समूह राताम्य भएका छन् । बीमा समूहका...

