नेपाल धितोपत्र बोर्ड र लेखामान बोर्ड बीच सम्झौता
काठमाण्डौ । धितोपत्र बजारसँग सम्बन्धित संगठित संस्थाको विवरण प्रवाहमा एकरूपता तथा पारदर्शिता कायम गर्न र प्रतिवेदन मानहरूमा एकरूपता कायम गर्न नेपाल धितोपत्र बोर्ड र लेखामान बोर्ड बीच सम्झौता भएको छ ।सम्झौतामा नेपाल धितोपत्र बोर्डको तर्फबाट अध्यक्ष रमेश कुमार हमाल र लेखामान बोर्डको तर्फबाट अध्यक्ष प्रकाश जंग थापाले हस्ताक्षर गरेका छन्।

