घट्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो भाउ ?
काठमाण्डौ । आज घरेलु बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला २१ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँ कायम भएको छ ।

