सुन तस्करी र पूर्वसभामुख महरा: भेपभित्र लुकेको ‘सुन-सिन्डिकेट’को कथा
काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा विद्युतीय चुरोट (भेप) मा लुकाएर गरिएको सुन तस्करीको ठूलो प्रकरणमा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आइतबार बिहान ललितपुरको खुमलटारस्थित उनको निवासबाट नियन्त्रणमा लिएको यो घटनाले नेपालको राजनीति र अपराध जगतमा ठूलो हलचल मच्चाएको छ। यो तस्करीमा करिब ८ करोड ५५...

