काठमाण्डौको संकट टर्यो, कोशी प्रदेशमा अझै अति भारी वर्षाको सम्भावना
काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागका अनुसार बागमती र मधेस प्रदेशमा वर्षाको तीव्रता क्रमशः घट्दै गएको छ, तर कोशी प्रदेशमा भने अझै मध्यमदेखि भारी वर्षा भइरहेको छ। विभागले आइतबार बिहान साढे ५ बजे सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार देशभरका आठवटा बाढीमापन केन्द्रमा जलसतह खतरा तहभन्दा माथि पुगेको छ। तीमध्ये बागमती, सुनकोसी, अरुण, तमोर, कन्काई, सुनसरीको बुढीखोला र झापाको...

