बंगलादेशसँग ४० मेगावाट विद्युत् बिक्री सम्झौता आज हुँदै
काठमाण्डौ । आज नेपाल र बंगलादेशबीच ४० मेगावाट बिजुली बिक्री सम्झौता हुँदैछ । नेपाल विद्यत् प्राधिकरण, भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) र बंगलादेशको बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) बीच त्रिपक्षीय सम्झौता हुन लागेको हो । सम्झौता हस्ताक्षर कार्यक्रम आज अपराह्न ४ बजे होटल याक एण्ड यतीमा हुनेछ । उक्त सम्झौता नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा...

